जसपाका कार्यकारिणी सदस्यकाे सनाखत : यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६ जना, १ तटस्थ
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवाद टुंगो लगाउन निर्वाचन आयोगले आज (सोमबार) केन्द्रीय कार्यकारिणी सदस्यलाई सनाखत गराएको छ।
आयोगले जसपाका ५१ जना कार्यकारिणी सदस्यलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो। तीमध्ये उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले सनाखत गरेका छन्।
यस्तै, टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका केन्द्रीय कार्यकारिणी सदस्य रेसम चौधरी भने तटस्थ रहेका छन्।सनाखतका लागि जेलबाट आयोग पुगेका उनले कसैको पक्षमा पनि सनाखत गर्न मानेनन्। उनले कसैको पक्ष र विपक्षमा सनाखत गर्न नैतिकताले नदिएको प्रतिक्रिया दिएका छन्।
सनाखत सकिएसँगै आयोगले जसपा आधिकारिकता सम्बन्धीको निर्णय गर्ने बताइएको छ।
साउन ११, २०७८ सोमबार १५:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।