म्याग्दीमा रुखबाट लडेर घाइते भएका व्यक्ति बोकेको जिप दुर्घटना
मालिका गाउँपालिकामा रुखबाट लडेर घाइते भएका गोविन्द रोकलाई उपचारका लागि बेनी अस्पताल ल्याउँदै गरेको जिप बिहीबार राती १०/११ बजेको समयमा दुर्घटना भएको हो।
उपचारका लागि ल्याइएका ६२ वर्षका गोविन्द रोकाको जिप दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्यादीका डिएसपी श्याम राईले जानकारी दिए।
दुर्घटनामा घाइते मध्ये चालकको पोखरामा र सामान्य घाइते ३ जनाको बेनी अस्पतालमा उपचार भइरहेको राईले बताए। जिप सडकबाट तल खसेर दुर्घटना भएको हो।
फागुन १४, २०७७ शुक्रबार ०८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।