दिदीको घरबाट फर्किँदा बेपत्ता युवकको शव सेफ्टी ट्याङ्कीमा भेटियो, चार जना पक्राउ

दिदीको घरबाट फर्किँदा बेपत्ता युवकको शव सेफ्टी ट्याङ्कीमा भेटियो, चार जना पक्राउ

काठमाडौं : गत भदौ १४ गतेदेखि बेपत्ता भएका भंगाहा नगरपालिका- ६ का २२ वर्षीय विवेककुमार सरदारको शव सेफ्टी ट्याङ्कीमा फेला परेको छ। 

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका-९ पिगौनास्थित दिदीको घरबाट भदौ १४ गते साँझ मोटरसाइकलमा घरतर्फ फर्किने क्रममा सरदार बेपत्ता भएका थिए। 

छोरो सम्पर्कविहीन भएपछि उनका बुबा अशोककुमार वातरले भदौ १६ गते खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

खोजतलासका क्रममा प्रहरीले बलवा नगरपालिका-७ बनौटाका अशोककुमार ठाकुरको घरपछाडिको सेफ्टी ट्याङ्कीमा शव टुक्रा-टुक्रा पारिएको अवस्थामा पेला पार्यो। 

घटनाको अनुसन्धानका लागि प्रहरीले बलवा नगरपालिका- ७ का ५८ वर्षीय अशोककुमार ठाकुर, उनकी ५५ वर्षीया श्रीमती रामकली देवी, २२ वर्षीया बुहारी सोनुकुमारी ठाकुर र महोत्तरी गाउँपालिका-५ का ३७ वर्षीय सियाराम शर्मालाई नियन्त्रणमा लिएको छ। 

भदौ २६, २०८३ शुक्रबार २१:४४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।