दीपककुमार साह बने उद्योगमन्त्री, राष्ट्रपतिले गराए शपथ

दीपककुमार साह बने उद्योगमन्त्री, राष्ट्रपतिले गराए शपथ

काठमाडौं : ग्यास उद्योगीबारे विवादित अभिव्यक्ति दिएका कारण दबाबमा परेकी गौरीकुमारी यादवले राजीनामा दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका दीपककुमार साहले शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथ गराए। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी- ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहलाई रिक्त उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

प्राविधिक तथा व्यवस्थापकीय पृष्ठभूमि भएका नवनियुक्त मन्त्री साहले यसअघि जलविद्युत् क्षेत्रमा २३ वर्ष काम गरेको अनुभव छ। उद्योगमन्त्रीका रूपमा उनको पहिलो र मुख्य चुनौती बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्नु रहेको छ। 

भदौ २५, २०८३ बिहीबार १९:१३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।