पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री साह भन्छन् : ‘जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनै पर्छ’

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री साह भन्छन् : ‘जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनै पर्छ’

काठमाडौं : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधानमा आफू गम्भीर भएर लाग्ने बताएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार पद तथा गोपनीयताको शपथ लगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले पत्रकारसँग भने, “जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनै पर्छ, छलफल गरेर आवश्यक कदम चाल्नेछौं।”

निवर्तमान उद्योगमन्त्री गौरीकुमारीसँग छलफल गरेर आफू अघि बढ्ने उल्लेख गर्दै साहले त्यस आधारमा सुधारका कार्यक्रम अघि बढाइने स्पष्ट पारे।  “कुनै काम गर्नुभन्दा अघि विगतमा त्यस सम्बन्धमा के-के भइरहेको छ, त्यसको जानकारी लिएर मात्रै अघि बढ्दा नतिजा आउँछ”, साहले भने।

गौरीकुमारीले बिहीबार पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले सांसद साहलाई उद्योग मन्त्रीमा नियुक्त गरेका हुन्। 

भदौ २५, २०८३ बिहीबार २१:४८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।