मोरङमा जमिनमुनि गाडिएको अवस्थामा १८५ राउण्ड गोली फेला
काठमाडौं : मोरङको उर्लाबारी नगरपालिकामा जमिनमुनि गाडिएको अवस्थामा १ सय ८५ राउण्ड गोली फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार उर्लाबारी नगरपालिका–१, लक्ष्मीझारका दलबहादुर लिम्बूको घरनजिकैको खेतमा कालो पलास्टिकमा गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम गोली फेला परेको हो।
स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा प्लास्टिकमा पोको पारेर गाडेको अवस्थामा गोली भेटेको प्रहरीले जनाएको छ।
द्वन्द्वकालमा तत्कालीन माओवादी कार्यकर्ताले गोली गाडेको हुन सक्ने प्रहरीको आशंका छ।
माघ २२, २०७७ बिहीबार १३:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।