सह-महान्यायाधिवक्ताको तर्क: प्रमलाई राजनीतिक फाइदा जति बेला हुन्छ त्यै वेला विघटन गर्न पाउँछन्

सह-महान्यायाधिवक्ताको तर्क: प्रमलाई राजनीतिक फाइदा जति बेला हुन्छ त्यै वेला विघटन गर्न पाउँछन्

काठमाडौँ  : सह महान्यायाधिवक्ता  पदम पाण्डेयले प्रधानमन्त्रीलाई   राजनीतिक फाइदा जति बेला हुन्छ त्यै वेला विघटन गर्न पाउने तर्क गरेका छन्।प्रतिनिधिसभा विघटन विरुद्ध संवैधानिक इजलासमा जारी बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट बहस गर्दै उनले यस्तो तर्क गरेका हुन्। 

उनले अहिले भन्दा बढी मत आउँछ भन्ने लाग्यो भने पनि विघटन गर्न पाउँछ भन्ने तर्क गरे। पार्टी भित्रकालाई तह लगाउन, राजनीतिक फाइदाका लागि संसद् विघटन गर्न पाउँछन्। उनले संसारका विघटनको उदाहरण दिँदै बेलायत, स्विडेन, श्रीलङ्का, इजरायल, भारतका उदाहरणमै आफ्नो बहस केन्द्रित गरेका छन्।

लगातार विदेशको प्रसङ्ग दिएपछि पाण्डेलाई इजलासबाट न्यायाधीशले भने,अब नेपालतिर लागौँ न ।

उनले भने 'म आउँछु श्रीमान्।'

उनले बुधाबारदेखिकै बहसमा अन्य देशको उदाहरण दिँदै बहस गरिरहेका छन्। संसद् विघटन भने नेपालको संविधान अनुसार भएको हो।

माघ २२, २०७७ बिहीबार १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।