देशभरबाट ११५ जना भन्दा धेरै आन्दोलनकारी पक्राउ
काठमाडौँ : नेपाल प्रहरीले काठमाडौँ सहित देशका विभिन्न ठाउँबाट १ सय १५ जना भन्दा धेरै आन्दोलनकारीलाई पक्राउ गरेको छ।
नेकपा दाहाल-नेपाल समूहले गरेको आमहड्ताल सफल बनाउन भन्दै सडकमा निस्केका देशभरका १ सय १५ जना भन्दा आन्दोलनकारी पक्राउ परेका नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले जानकारी दिए।
छिटपुट घटना बाहेक देशभरको अवस्था शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ। प्रवक्ता कुँवरका अनुसार आन्दोलनकारीले एउटा गोङ्गबुमा एउटा ट्याक्सी जलाएका छन् भने मित्र पार्क, गोङ्गबु र कलङ्कीमा तीन वटा ट्याक्सीमा तोडफोड गरेका छन्।
यस्तै चितवनको भरतपुर, इलाम र हेटौडामा तीन वटा ट्रकका क्षति पुर्याएका छन्।
माघ २२, २०७७ बिहीबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।