आमहड्तालमा उत्रिएका ७३ जना पक्राउ, गाडीमा ढुङ्गा प्रहार

आमहड्तालमा उत्रिएका ७३ जना पक्राउ, गाडीमा  ढुङ्गा  प्रहार

बिहान गोङ्गबुमा एउटा ट्याक्सी र जय बागेश्वरीमा एउटा गाडीमा ढुङ्गा प्रहार बाहेक अरू घटना नभएको सिंहले बताए। उनले काठमाडौँका विभिन्न ठाउँबाट ७३ जना नेता कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए। 

एकाबिहानै ट्याक्सीमा आगजनी भएको गोङ्गबुमा भीम रावलले कमान्ड सम्हालेका छन् भने बालाजुमा रघुजी पन्त खटिएका छन्। गोङ्गबुमा अहिले नेता कार्यकर्ताले सडकमा बसेर नाराबाजी गरिरहेका छन्। 

कलङ्कीबाट नेतृ अष्टलक्ष्मी शाक्य सहितका नेता कार्यकर्ता पक्राउ परेका छन्।  त्यहाँको कमान्ड युवराज ज्ञवालीले सम्हालेका छन्। 

कोटेश्वर चोकको कमान्ड सम्हालेका लीलामणि पोखरेलले बिहानै पद्मा रेग्मी, राम सुन्दर श्रेष्ठ सहितका कार्यकर्तालाई प्रहरीले पक्रेको जानकारी दिए। ‘अहिले हामी कोटेश्वर चोकमा डेढ २ सय जना बसेका छौ।’ उनले भने, ‘अहिले गाडी चल्न दिइएको छैन, ट्राफिकले डाइभर्ट गराइरहेको छ।’ 

बल्खुमा बेदुराम भुसालले आमहड्तालको कमान्ड सम्हालेका छन् भने ललितपुरको सातदोबाटोमा देव गुरुङ र पुलचोकमा पम्फा भुसाल खटिएका छन्। 

ललितपुरको सातदोवोटामा पनि नाराबाजी भइरहेको छ। बल्खुमा टायर बालेर प्रदर्शन गर्न खोज्नेलाई सशस्त्र प्रहरीले भगाएको छ। 

माघ २२, २०७७ बिहीबार ०८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।