सम्पत्ति छानबिनमा गगनको सर्त-प्रक्रिया पारदर्शी, रास्वपाका नेतामाथि पनि छानबिन

सम्पत्ति छानबिनमा गगनको सर्त-प्रक्रिया पारदर्शी, रास्वपाका नेतामाथि पनि छानबिन

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सरकार माग गरेका छन्। उनले यसमा कुनै बदनियत नराखी राष्ट्रिय स्वतन्त्र पार्टीसहितकाको सम्पत्ति छानबिन हुनुपर्ने सर्त राखे। 

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले  सम्पत्ति छानबिनका लागि आफ्नो पार्टी सधैँ तयार रहेको तर यसमा पारदर्शी हुनुपर्ने बताए।

२०४६ सालयता सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिको सम्पत्ति विवरण जाँचबुझसँगै थन्काइएका सबै अनुसन्धानका फाइल खोलेर छानबिन अगाडि बढाउन र कोही गलत भए कारबाही गर्न माग गरे। छानबिन प्रक्रिया पारदर्शी हुनुपर्ने सर्त राख्दै उनले यो प्रावधान सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुको हकमा पनि लागु हुनु पर्ने बताए।

उनले कांग्रेसका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रह राखिए पार्टी उनीहरूको पक्षमा उभिने तर दोषी देखिए संरक्षण नगर्ने बताए। पार्टी सभापतिकै कारण कुनै पनि सदस्यले शिर निहुराउनुपर्ने अवस्था आउन नदिने उनले दाबी गरे। 

मंसिर १३, २०८३ आइतबार १४:४०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।