नेपाल टेलिकममा रहेको सरकारको शेयर बेच्न अध्ययन उप-समिति, विशाल बजारको शेयर पनि बेच्ने तयारी
काठमाडौं : अर्थ मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)मा रहेको आफ्नो सेयर बेच्न उपसमिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको सरकारी लगानी व्यवस्थापन समितिको बैठकले नेपाल टेलिकममा रहेको सरकारको ९१ प्रतिशतबाट शेयर बेच्न सिफारिस समिति गठन गरेको हो।
शेयर बेच्न अपनाउनु पर्ने कानुनी प्रक्रिया लगायतबारे अध्ययन गरेर सिफारिस बैठकले सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो।
नेपाल टेलिकममा सरकारको ९१.५३ प्रतिशतभन्दा बढी सेयर छ । सरकारी लगानी रहेको संस्थानको सेयर सर्वसाधारण र निजी क्षेत्रलाई बेचेर दायित्व घटाउन अर्थले उप समिति नै गठन गरेको हो। सो उपसमितिलाई विशाल बजारको सेयरबारे समेत अध्ययनको जिम्मेवारी दिइएको छ। विनिवेश गर्ने प्रक्रिया अघि बढाएको हो ।
यस अगाडिका अध्ययन समितिहरूले नेपाल टेलिकमको ३० प्रतिशतसम्म शेयर बेचेर दायित्व घटाउन सिफारिस गरेका थिए।
विशाल बजारमा सरकारको ९८.९६ प्रतिशत शेयर रहेको छ। सरकारले बजेटमै सार्वजनिक संस्थानको पुँजी वृद्धि र शेयर विनिवेश गर्ने घोषणा गरेको थियो।
मंसिर १३, २०८३ आइतबार १४:२८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।