सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच शून्य ब्याजदरमा ईएमआई सहकार्य
काठमाडौं : इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिदमा शून्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दी (ईएमआई) सुविधा उपलब्ध गराउन सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज (एचएफएल) बीच वित्तीय सहकार्य सुरु भएको छ।
एकै पटक ठूलो रकम खर्च नगरी आवश्यकता र बजेटअनुसार उपकरण खरिद गर्न सहज बनाउने उद्देश्यले उक्त सहकार्य थालिएको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ। नागरिकतासहित नजिकको सीजी डिजिटल शोरुम वा सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलरमा गएर ईएमआई सुविधा लिन सकिने जनाइएको छ।
सुविधामा एलजी, सीजी, सीजी मेरिडिया, टिसिएल, गोदरेज, बेको, सेन्सेई, मिडिया, ब्ल्याक प्लस डेकर, क्रम्प्टन, एलिका, केन्ट, बर्ली र गुडम्यान्सलगायत ब्रान्डका टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा भान्सा र घरायसी उपकरण समावेश छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार ईएमआई स्वीकृति, किस्ता अवधि, डाउन पेमेन्ट र अन्य व्यवस्था एचएफएलका लागू सर्तअनुसार हुनेछ। साथै, पुराना उपकरण साटेर नयाँ लिन चाहनेले ‘सीजी एक्स इलेक्स’मार्फत उपलब्ध एक्सचेन्ज तथा ईएमआई विकल्पबारे जानकारी लिन सक्ने छन्।
मंसिर १३, २०८३ आइतबार १३:०८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।