जेनजी परिषद् गठनको तयारीमा सरकार, आदेशको मस्यौदा तयार
काठमाडौं : सरकारले ‘नेपाल जेनजी परिषद्’ गठनको प्रक्रिया अघि बढाएको छ। नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरेर राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर यही मङ्सिर १ देखि ११ गतेसम्म कार्यालयबाट भएका प्रगति तथा कार्यसम्पादन विवरण सार्वजनिक गरेको थियो।
कार्यसम्पादनको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गरेर बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको बताए।
सोही प्याकेजको कार्यान्वयनलाई प्रभावकारी बनाउन मङ्सिर ८ गते बसेको समन्वय तथा सहजीकरण समितिको बैठकले हालसम्म भएका निर्णयहरूको प्रगति समीक्षा गरेको अर्यालले बताए।
मंसिर ११, २०८३ शुक्रबार १७:१३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।