कोशीको हिमाली भेगमा हिमपातको सम्भावना

कोशीको हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं : हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यतिबेला हिमाली क्षेत्रमा आंशिक बदली छ भने तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ।

आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोशी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको छ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। शनिबार बिहान उपत्यका, खोँच तथा तराई भेगका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।

मंसिर ११, २०८३ शुक्रबार ०७:२४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।