तोलामा ६ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

तोलामा ६ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं : स्थानीय बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदी तोलामा १०५ रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँ कायम भएको छ।

यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।

मंसिर ९, २०८३ बुधबार १२:५४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।