एचआइभीको विषयमा जनचेतना जगाउन भृकुटीमण्डपमा कन्सर्ट हुने

एचआइभीको विषयमा जनचेतना जगाउन भृकुटीमण्डपमा कन्सर्ट हुने

काठमाडौं : एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालले राष्ट्रिय एचआइभी सङ्क्रमित महासंघ नेपालको सहकार्यमा विश्व एड्स दिवसका अवसरमा भृकुटीमण्डपमा सांगीतिक कार्यक्रम गर्ने भएको छ। 

‘एड्स अझै सकिएको छैन’ भन्ने सन्देशसहित मंसिर १५ मा भृकुटीमण्डपमा कलाकार पूर्ण राई एन्ड दाजुभाइ र द एलिमेन्ट्स ब्यान्डको प्रस्तुतसहितको सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो। सो कन्सर्ट  निःशुल्क हुने आयोजकले जानकारी दिए। 

बुधवार कार्यक्रमको बारेमा जानकारी दिन पत्रकार भेटघाटका क्रममा एएचएफ नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिब्यराज जोशीले युवाहरूलाई एचआइभी रोकथाम तथा उपचार सेवाको जानकारी दिन र एचआइभीको विषयमा जनचेतना जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताए। 

मंसिर ९, २०८३ बुधबार १९:३५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।