देशका अधिकांश भूभागको मौसम सफा, तराई र उपत्यकामा हुस्सु

देशका अधिकांश भूभागको मौसम सफा, तराई र उपत्यकामा हुस्सु

काठमाडौं : हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहे पनि देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ। अहिले उपत्यका, खोँच तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भूभागमा आंशिक बदली रही अन्यत्र मौसम मुख्यतया सफा रहनेछ।

आज राति भने कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली भई बाँकी क्षेत्रको मौसम सफा रहने अनुमान छ।

बिहीबार बिहान उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

मंसिर ९, २०८३ बुधबार ०७:२१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।