बालाजु क्षेत्रमा सर्वाधिक आयकर तिर्ने करदाता बन्यो ‘सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड’
काठमाडौं : सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी ‘सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रा.लि.’ आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहका अवसरमा आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित समारोहमा कम्पनीलाई कदरपत्रसहित सम्मान गरिएको हो।
आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक आयकर दाखिला गरी राज्यको राजस्व संकलन तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएबापत कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
कम्पनीले राज्यको नीति तथा कानुनको पूर्ण पालना गर्दै पारदर्शी व्यावसायिक अभ्यासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन पाउनु गौरवको विषय भएको जनाएको छ।
यस सम्मानले आगामी दिनमा अझ उत्तरदायी र पारदर्शी भई लगानी तथा वित्तीय सेवा विस्तार गर्न थप प्रेरणा मिलेको कम्पनीको विश्वास छ।
मंसिर ८, २०८३ मंगलबार १४:३५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।