बाजुराको जनता माविका विद्यार्थीलाई एनआईसी एशिया बैंकको पोसाक सहयोग

बाजुराको जनता माविका विद्यार्थीलाई एनआईसी एशिया बैंकको पोसाक सहयोग

काठमाडौं : एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाजुराको दुर्गम हिमाली गाउँपालिका-७ बाँधुस्थित श्री जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक सहयोग प्रदान गरेको छ। 

दुर्गम भेगका बालबालिकालाई पठनपाठनमा सहजता ल्याउन र गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले बैंकले पोसाक सहयोग उपलब्ध गराएको हो। बैंकको बाजुरा शाखाका प्रमुख रामबहादुर बुढाले विद्यालयका प्रधानाध्यापक मोहनजंग शाहीलाई विद्यार्थीहरूका लागि आवश्यक पोसाक हस्तान्तरण गरे। 

भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित उक्त विद्यालयमा हाल १२७ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकालाई पोसाक उपलब्ध भएपछि उनीहरूको नियमित विद्यालय उपस्थिति र अध्ययनमा थप उत्साह थपिने बैंकको अपेक्षा छ। 

मंसिर ८, २०८३ मंगलबार १४:५३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।