मेलामा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर

मेलामा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर

बाँके : बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीमा दुई पक्षबीच भएको झडप छुट्याउन गएको प्रहरीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले दुई पक्षबीच भएको विवाद नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरिएको जानकारी दिए। स्थानीय चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएको थियो।

घटनास्थलबाट प्रहरीले बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले उल्लेख गरे। सो घटनामा परी घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ। 

मंसिर ८, २०८३ मंगलबार १४:३१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।