एनभिडियाको सिइओमा जेन्सेन हुआङको पुनर्बहाली, ट्रम्प र मस्कले गरे स्वागत

एनभिडियाको सिइओमा जेन्सेन हुआङको पुनर्बहाली, ट्रम्प र मस्कले गरे स्वागत

एजेन्सी : विवाहेतर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि १२ नोभेम्बरमा एनभिडियाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट राजीनामा दिएका जेन्सेन हुआङलाई कम्पनीले पुनर्बहाली गरेको छ।

सोमबारको घोषणाअनुसार उनी तत्काल लागू हुने गरी कम्पनीको प्रेसिडेन्ट, सिइओ र सञ्चालक समितिमा पुनः फर्किएका छन्।

गत साता मात्र एनभिडियाले कम्पनीमा हुआङको पुनरागमनको सम्भावनालाई ठाडै अस्वीकार गरेको थियो। तर सञ्चालक समितिले हुआङसँग धेरै चरणको कुराकानी र बैठक गरेपछि सर्वसम्मतिले उनको पुनर्बहालीको पक्षमा मतदान गरेको हो।

कम्पनीको प्रेस विज्ञप्तिअनुसार हुआङले आफ्ना कुरा पूर्ण स्पष्टता र इमानदारीका साथ राखेको तथा उनी एनभिडियाको नेतृत्व गर्न सक्षम रहेको निष्कर्षमा समिति पुगेको उल्लेख छ। निर्णय प्रक्रियाका क्रममा समितिले अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूसँग परामर्श गरी उनका सुझावका आधारमा हुआङको पुनर्बहालीबाट राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको ठहर गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियामा हुआङको पुनरागमनको स्वागत गर्दै यसलाई ‘सही र उचित निर्णय’ बताएका छन्। हुआङलाई ‘देशभक्त र राष्ट्रिय धरोहर’ बताउँदै ट्रम्पले उनको फिर्तीबाट राष्ट्रिय सुरक्षामा कुनै खतरा उत्पन्न हुनेछ भनी मान्ने कारण अमेरिकी सरकारसँग नरहेको उल्लेख गरेका छन्।

कम्पनीको सफलता र समृद्धिका साथै अमेरिकी अर्थतन्त्रको प्रगति सुनिश्चित गर्न देशलाई एनभिडियामा जेन्सनको नेतृत्व आवश्यक उनले बताए। त्यस्तै टेस्लाका मालिक तथा अमेरिकी उद्योगपति एलन मस्कले पनि हुआङको पुनरागमनको स्वागत गरेका छन्। मस्कले हुआङको पुनर्बहालीलाई ‘गल्ती सच्याइयो’को रूपमा प्रतिक्रिया दिएका छन्। 

मंसिर ७, २०८३ सोमबार २२:५९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।