काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन भारत सहमत
काठमाडौं : भारत काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन सहमत भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणकोक्रममा जारी संयुक्त विज्ञप्तिमा कनेक्टिभिटी अभिवृद्धि गर्न र द्विपक्षीय आर्थिक संलग्नता बढाउन नागरिक उड्डयनका विषयमा भइरहेको निरन्तर छलफललाई नेताहरूले जानकारीमा लिएको उल्लेख छ।
विज्ञप्तीमा हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको B345 काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएको विज्ञप्तिमा उल्लेख छ। यससम्बन्धी प्राविधिक ढाँचा टुङ्गो लगाउन तथा दुवै पक्षबाट छलफलमा रहेका अन्य नागरिक उड्डयन प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिने विज्ञप्तिमा उल्लेख छ।
अहिले काठमाडौंबाट उडेका अन्तर्राष्ट्रिय विमानहरू भैरहवाको हवाइ रुट प्रयोग गरेर बाहिरिन पाए पनि भारतीय आकाश प्रयोग गरेर सो रुटबाट भित्रिन भने पाउँदैनथे। यो सहमती कार्यान्वयन भएपछि अब सो रुटबाट अन्तराष्ट्रिय उडानहरु नेपाल भित्रिन पाउने छन्।
मंसिर ७, २०८३ सोमबार १६:३४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।