विपक्षीले म्याद नबुझ्दा आइजिपी नियुक्ति विवादमा सर्वोच्चमा सुनुवाइ हुन सकेन

विपक्षीले म्याद नबुझ्दा आइजिपी नियुक्ति विवादमा सर्वोच्चमा सुनुवाइ हुन सकेन

काठमाडौं : विपक्षीले म्यादमा अड्काउँदा प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णय विरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमा सुनुवाइ हुन सकेन। रिटका विपक्षी नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले म्याद नबुझिसकेको खुलेपछि सोमबार तय भएको सुनुवाइ स्थगित भयो। 

आफूलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेर प्रहरी महानिरीक्षकबाट हटाउने सरकारको निर्णय विरुद्ध कार्की रिट बोकेर सर्वोच्च अदालत गएका थिए। रिट दर्तामै एक दिन ढिलाइ भएको थियो। त्यसपछि सरकारी बिदा सुरु भएकाले सुनुवाइ हुन सकेन। सरकारी बिदा सकिएपछि भएको पहिलो सुनुवाइमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ।

कारण देखाऊ आदेशपछि सोमबार इजलास तोकिएको थियो। म्याद बुझाउन जाँदा पत्रमा एआइजी भएको भन्दै म्याद बुझ्न अस्वीकार गरेपछि कार्कीले सर्वोच्चमा निवेदन दिएर रिटको भाषा सच्याएका थिए। त्यसपछि पनि म्याद बुझाउने काम नसकिएको खुलेपछि सोमबार सुनुवाइ हुन सकेन।

मंसिर ७, २०८३ सोमबार १३:५१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।