आजको मौसम : कोशी र गण्डकीका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : कोशी र गण्डकीका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली छ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा छ।

सोमबार दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्र तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ । बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा नै रहनेछ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

मंसिर ७, २०८३ सोमबार ०७:२५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।