धादिङको रुबीभ्यालीमा जिप दुर्घटना : एक जनाको मृत्यु, उद्धारमा कठिनाइ
धादिङ : जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका-४ बोराङस्थित बतासे फेदीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बतासे दोभानमा एकादशी मेलाको पूजा गरेर लापातर्फ फर्किने क्रममा भएको दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।
रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घटनास्थल दुर्गम गाउँमा पर्ने र वरपर मोबाइल नेटवर्कसमेत नचल्ने भएकाले उद्धारमा कठिनाइ भएको छ।
राति २ बजेअघि नै दुर्घटना भए पनि घाइतेलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या परेकोले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए।
मंसिर ४, २०८३ शुक्रबार १०:१८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।