कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंगलबार बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज सूचना जारी गर्दै बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए।

कांग्रेसले उक्त बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई निर्देशन दिएको छ।

मंसिर ४, २०८३ शुक्रबार १०:१८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।