एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं : राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा आज साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। लिग चरणमा लुम्बिनी शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्।

यसअघिका दुवै संस्करणमा उपविजेता बनेको सुदूरपश्चिमले लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको हो।

आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्ने अवसर पाउनेछ।

भोलि हुने इलिमिनेटरमा काठमाडौँ गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ। प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ।

मंसिर १, २०८३ मंगलबार ०७:२५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।