म्याक्स टाइगर ‘दशैं धमाका २०२६’ : नुवाकोटका प्रदीपलाई प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

म्याक्स टाइगर ‘दशैं धमाका २०२६’ : नुवाकोटका प्रदीपलाई प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

काठमाडौं : म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन्।

यसै अभियानमार्फत हालसम्म देशका विभिन्न स्थानका २८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर प्राप्त गरिसकेका छन्।

कार विजेता लामाले एउटा क्यानबाटै यति ठूलो पुरस्कार जित्ने कल्पनासमेत नगरेको बताउँदै यो जित आफ्नो र परिवारका लागि निकै खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन्।

कम्पनीका अनुसार अभियानअन्तर्गत हालसम्म विराटनगर, बिर्तामोड, जनकपुर, बर्दिबास, लालबन्दी, लहान, बुटवल, दाङ, धनगढी, काठमाडौँ, बनेपा, धादिङ, काभ्रे र वीरगञ्जका गरी १६ जना उपभोक्ताले मोटरसाइकल जितेका छन्।

त्यस्तै, धरान, भैरहवा, बुटवल, चितवन, पोखरा, सुर्खेत, नेपालगञ्ज, धनगढी, हेटौँडा र सिमराका गरी १२ जना उपभोक्ताले स्कुटर प्राप्त गरेका छन्।

अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखिएको थियो।

तीमध्ये २८ जनाले सवारी जितिसकेकाले अझै ८ जना उपभोक्ताका लागि मोटरसाइकल र स्कुटर जित्ने अवसर बाँकी रहेको जनाउँदै कम्पनीले अभियानमा सहभागी हुन आग्रह गरेको छ।

कात्तिक ३०, २०८३ सोमबार १२:२९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।