लगातार तेस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य

लगातार तेस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ। 

आइतबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन भने तोलामा एक हजार एक सय रूपैयाँ घटेको हो। शुक्रबार पनि सुन प्रतितोला १२ हजार ६ सय रूपैयाँ घटेको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि ८० रूपैयाँ घटेको छ।

आइतबार प्रतितोला तीन हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार पाँचसय २० रूपैयाँमा किनबेच भइरहेको छ।

कात्तिक ३०, २०८३ सोमबार ११:१३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।