सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ।
शुक्रबार प्रतितोला १२ हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन एक हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आाइतबार चाँदीको मूल्य पनि तोलामा एक सय रूपैयाँ घटेको छ।
शुक्रबार प्रतितोला तीन हजार सात सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६सय रूपैयाँमा किनबेच भइरहेको छ।
कात्तिक २९, २०८३ आइतबार ११:०९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।