प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार

काठमाडौं : अक्टोबर २०२६ मा मलेसियाको विद्युतीय सवारी (ईभी) बजारमा ‘प्रोटोन ई.मास ५’ सर्वाधिक दर्ता हुने मोडल बनेको छ।

समग्र ईभी दर्तामा गिरावट आए पनि ई.मास ५ ले कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगट्दै शीर्ष स्थान हासिल गरेको हो।

अक्टोबरमा मलेसियाभर कुल ४ हजार ५९२ वटा ईभी दर्ता भएकामा प्रोटोन ई.मास ५ मात्रै २ हजार २६२ वटा दर्ता भएका छन्।

सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले घटेर गत फेब्रुअरीयताकै न्यून विन्दुमा झरेको बजारमा प्रोटोनले बलियो पकड कायम राखेको हो।

सोही अवधिमा ‘प्रोटोन ई.मास ७’ का ५५४ वटा सवारी दर्ता हुँदा यी दुई मोडलको संयुक्त हिस्सा ६१.३ प्रतिशत पुगेको छ। यता, सोही महिनामा हाइब्रिड सवारीको दर्ता संख्या भने ५ हजार २३ पुगेको छ।

नेपालमा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि. ले प्रोटोनका विद्युतीय सवारी आधिकारिक रूपमा बिक्री-वितरण गर्दै आएको छ।

नेपाली बजारमा प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध ई.मास ५ को सुरुवाती मूल्य रु. ३२.९९ लाख तोकिएको छ।

कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सेगमेन्टमै पहिलो रियर-ह्विल ड्राइभ (आरडब्लुडी) लेआउट रहेको यस गाडीमा ८५ किलोवाटको मोटर, ४० किलोवाटआवरको सिएटीएल एलएफपी ब्याट्री, भिटुएल, १४.६ इन्चको टचस्क्रिन तथा ७० लिटरको फ्रङ्कलगायतका विशेषता छन्।

त्यस्तै, प्राइम र प्रिमियम भेरियन्टमै उपलब्ध प्रोटोन ई.मास ७ को मूल्य रु. ४९.९९ लाखबाट सुरु हुन्छ।

यसमा ४१० किमीसम्मको डब्लुएलटीपी रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री, १२-इन-१ इन्टिग्रेटेड मोटर, डीसी फास्ट चार्जिङ, १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम र हेड-अप डिस्प्ले (एचयुडी) जस्ता सुविधा रहेका छन्।

कात्तिक ३०, २०८३ सोमबार १०:१४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।