कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीमा कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन्।
गागलफेदीस्थित कुशुम छयाम्बा हाउस र होमस्टेमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट पाँच लाख ७८ हजार ५५५ र २६ वटा कौडा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी उनीहरूविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक २७, २०८३ शुक्रबार २२:०६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।