हेटौँडामा प्रहरी सहायक हबलदार गुरुङ मृत फेला

हेटौँडामा प्रहरी सहायक हबलदार गुरुङ मृत फेला

हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिका-८ ओमनगरमा एक प्रहरी सहायक हबलदार मृत फेला परेका छन्।

गोरखाको आरुघाट गाउँपालिका-३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार बिहान करिब साढे ४ बजे ओमनगरस्थित एक घरनजिकैको जस्ताको ट्रसमा गुरुङ मृत अवस्थामा फेला परेका हुन्। त्यस घटनाबारे बिहान हिँड्न निस्किएका एक व्यक्तिले देखेर प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको जनाउँदै प्रहरी उपरीक्षक खत्रीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

कात्तिक २४, २०८३ मंगलबार १२:४९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।