दश तस्बिरमा नेपाल संवत् ११४७ को हर्षोल्लास
बुटवल : नेपाल संवत् ११४७ को अवसरमा बुटवलमा नेवार समुदायले र्याली निकालेर नयाँ वर्षको स्वागत गरेका छन्। परम्परागत वेशभूषामा सजिएका नेवार समुदायका महिला तथा पुरुषहरू र्यालीमा सहभागी भएका थिए।

नेपाल संवत्को नयाँ वर्षलाई उल्लासका साथ मनाउँदै समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचान झल्काएका छन्। नेपाल संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् भने यस अवसरमा म्हः (आत्म) पूजा पनि गरिन्छ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ। नेपाल संवत्ले कुनै समय राष्ट्रिय संवत्को मान्यता समेत पाएको थियो।

बुटवलमा निकालिएको र्यालीले नयाँ वर्षको खुसीसँगै नेवारी कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणको सन्देश दिएको छ।






कात्तिक २४, २०८३ मंगलबार १२:३६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।