देशका अधिकांश भूभागमा मौसम सफा, हिमाली क्षेत्रमा आंशिक बदली

देशका अधिकांश भूभागमा मौसम सफा, हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै राति हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

कात्तिक २४, २०८३ मंगलबार ०८:१६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।