एनपिएलमा आज चार टोलीको परीक्षा : कर्णालीलाई जित्नैपर्ने दबाब, लुम्बिनीलाई उछिन्ने दाउमा काठमाडौं

एनपिएलमा आज चार टोलीको परीक्षा : कर्णालीलाई जित्नैपर्ने दबाब, लुम्बिनीलाई उछिन्ने दाउमा काठमाडौं

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुँदैछन्। पहिलो खेलमा मध्याह्न १२:३० बजे कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा साँझ चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो खेलमा आमने-सामने हुन लागेका कर्णाली र पोखरा दुवै टोलीका लागि प्लेअफको सम्भावना कायमै राख्न जित आवश्यक छ। जारी प्रतियोगितामा चार खेल खेलिसकेको पोखराले सबै खेलमा पराजय भोगेको छ। जितविहीन पोखरा आज पहिलो अंक जोड्ने प्रयासमा हुनेछ। 

अर्कोतर्फ, चार खेलबाट समान दुई जित र दुई हार व्यहोरेको कर्णाली ४ अंकसहित तालिकाको छैटौं स्थानमा छ। त्यस्तै दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको काठमाडौं गोर्खाज चार खेलबाट तीन जित र एक हारसहित ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। 

आजको खेल जितेमा काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा उक्लिनेछ। यता, समान चार खेलबाट दुई जित, एक हार र एक खेल रद्द भई ५ अंक जोडेको चितवन राइनोज पनि प्लेअफको यात्रा सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रिँदैछ। 

कात्तिक २३, २०८३ सोमबार ०८:५४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।