पहिलो त्रैमासमा एनएमबि बैंकको खुद नाफा २७ प्रतिशतले बढ्यो, ईपीएस २३.८३ रुपैयाँ

पहिलो त्रैमासमा एनएमबि बैंकको खुद नाफा २७ प्रतिशतले बढ्यो, ईपीएस २३.८३ रुपैयाँ

काठमाडौं : एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको सोही अवधिको (९१ करोड ६० लाख रुपैयाँ) तुलनामा यो २७.११ प्रतिशतको वृद्धि हो।

नाफा बढेसँगै बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २५.४२ प्रतिशतले वृद्धि भई २३.८३ रुपैयाँ र प्रतिशेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११.६४ रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको कुल निक्षेप ३ खर्ब २४ अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

यस्तै, बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) घटेर ४.९२ प्रतिशतमा झरेको छ।

बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत रहेको छ।

कात्तिक २२, २०८३ आइतबार २०:१८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।