हुम्ला केन्द्रविन्दु भएर भूकम्प

हुम्ला केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : हुम्लाको थेहे आसपास केन्द्रविन्दु भएर आज बिहान ४.२ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ७ बजेर १० मिनेट जाँदा उक्त भूकम्प मापन गरिएको हो।

भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भए/नभएको विवरण भने प्राप्त भइसकेको छैन।

भौगोलिक बनावटका कारण भूकम्पीय जोखिमयुक्त क्षेत्र मानिने नेपालमा बेलाबेलामा यस्ता साना तथा ठूला भूकम्पका धक्काहरू महसुस हुने गरेका छन्।

कात्तिक २०, २०८३ शुक्रबार ०९:४९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।