श्रीमतीको हत्या गरेको इन्कारी बयान दिएका नरेशको बयान- डस्बिनमा अटाउनलाई शव काटेको हुँ ​​​​​​​

श्रीमतीको हत्या गरेको इन्कारी बयान दिएका नरेशको बयान- डस्बिनमा अटाउनलाई शव काटेको हुँ  ​​​​​​​

काठमाडौं : अमेरिकाको भर्जिनियामा चर्चामा रहेको नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणमा दुई वर्षपछि नयाँ र झन् सनसनीपूर्ण मोड आएको छ।

प्रिन्स विलियम काउन्टी अदालतमा जारी मुद्दाको सुनुवाइमा आरोपी श्रीमान् नरेश भट्टले श्रीमतीको शव आराले काटेर टुक्रा-टुक्रा पारेको कुरा अदालतसामु स्वीकार गरेका छन्। तर, उनले आफूले हत्या भने नगरेको दाबी गरेका छन्।

अदालतमा आफ्नो सफाइ पेस गर्दै नरेशले घटनाको दिन बिहान श्रीमती ममतालाई मृत अवस्थामा फेला पारेको बताए। उनले शवलाई व्यवस्थापन गर्न तथा डस्बिनमा सहजै अटाउनका लागि आरा प्रयोग गरेर शरीरका अंगहरू काटेको बयान दिएका छन्।

यद्यपि, ममताको मृत्यु कसरी भयो र आफूले हत्या नगरेको भन्ने उनको यो बयानलाई अभियोजन पक्ष र मृतकका परिवारले भने बचकानु र शंकास्पद नाटक मात्रै भएको बताएका छन्।

अमेरिकालगायत नेपाल र विश्वभरका नेपाली समुदायमा समेत चासोका साथ हेरिएको यस मुद्दामा ममताको शव अहिलेसम्म फेला परिसकेको छैन।

हत्याको प्रत्यक्ष प्रमाणको अभावमा परिस्थितिजन्य र फरेन्सिक प्रमाणहरूका आधारमा अगाडि बढेको यस अदालती प्रक्रियामा नरेशले आफैँले शव काटेको कबुल गरेसँगै घटनाले थप गम्भीर रूप लिएको छ।

कात्तिक २०, २०८३ शुक्रबार ०७:४९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।