आजको मौसम : पहाडी र हिमाली भू-भागमा बदली, हल्का वर्षा तथा हिमपातको सम्भावना
काठमाडौं : नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको आकलन गरिएको छ।
देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा आंशिक बदली रहनेछ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
यसैबीच, बिहानपख तराईका भू-भाग, उपत्यका तथा नदी किनारका खोँचहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
कात्तिक २०, २०८३ शुक्रबार ०७:२३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।