एनपिएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय युवक पक्राउ, करिब ९० लाखको कारोबार फेला

एनपिएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय युवक पक्राउ, करिब ९० लाखको कारोबार फेला

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण चलिरहेका बेला सट्टेबाजी  (बेटिङ) गराएको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१७ ठमेल बस्दै आएका भारतको बिहारका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपिएल प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी भइरहेको विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका सिन्हाले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।

निजलाई जुवा तथा सट्टेबाजी खेलसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

कात्तिक १९, २०८३ बिहीबार १३:०६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।