प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
काठमाडौं : रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ पुगेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड १४ लाख २५ हजार ७५७ अमेरिकी डलर पुगेको छ।
कात्तिक १९, २०८३ बिहीबार १२:५९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।