सेयर बजार ६ अंकले बढ्यो, ५ अर्ब ६५ करोडको कारोबार

सेयर बजार ६ अंकले बढ्यो, ५ अर्ब ६५ करोडको कारोबार

काठमाडौं : मंगलबार सेयर बजार बढेको छ। अघिल्लो दिन ३२.६५ अंक घटेको नेप्से परिसूचक यसदिन ६.६२ अंक बढेर २६६४ विन्दुमा उक्लियो। 

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन सात अर्ब १८ करोडको कारोबार भएकोमा आज पाँच् अर्ब ६५ करोडको भयो। आज १४३ कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो भने १४ कम्पनीको मूल्य स्थिर रह्यो।

यसदिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०७ प्रतिशत बढ्यो। बैंकिङ ०.५२, विकास बैंक ०.०६, जलविद्युत् ०.३१, जीवन बीमा ०.०९, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.१० तथा व्यापार ०.१५ प्रतिशत बढे। फाइनान्स ०.०१, लगानी ०.०४, उत्पादन तथा प्रशोधन ०.०६ र अन्य ०.०२ प्रतिशत घटे।

अघिल्लो दिनसम्म १५ प्रतिशत मूल्य बढ्दै आएको बेनी हाइड्रोको मूल्य आज सबैभन्दा धेरै ५.०४ प्रतिशत घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा ग्लोबल आईएमई बैंक, बुटवल पावर, कुमारी बैंक, सोल्टी होटल र सानिमा मिडिल तमोर छन्।

कात्तिक १७, २०८३ मंगलबार १५:२६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।