नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे
काठमाडौं : नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन्।
भारतीय दूतावासका अनुसार नयाँ राजदूत दलेला मंगलबार दिउँसो काठमाडौं ओर्लिएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा काठमाडौंस्थित भारतीय दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए।
राजदूत दलेलाले अब नेपालका लागि भारतको आधिकारिक कूटनीतिक प्रमुखका रूपमा आफ्नो कार्यभार सम्हाल्नेछन्। दलेलाले यसअघि सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्।
भारतीय विदेश मन्त्रालयले गत असोज अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो।
कात्तिक १७, २०८३ मंगलबार १५:५४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।