प्रधानमन्त्री र गृहमन्त्री विरुद्ध फेसबुकमा लेखेको आरोपमा नेकपा नेता पक्राउ
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङविरूद्ध फेसबुकमा स्टाटस लेखेको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता गोविन्द अधिकारी पोखरामा पक्राउ परेका छन्। गुरुङ गोरखाबाट लखेटिएको भन्दै लेखेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेर गोरखा पठाएको छ। प्रधानमन्त्री शाह विरुद्ध उनले के लेखेका थिए त्यो भने खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय गोरखाले उनी विरुद्ध उजुरी आएको भन्दै पक्राउ गरेर पठाउन आग्रह गरेपछि उनलाई मंगलबार पक्राउ गरेर गोरखा पठाएको कास्की प्रहरीले जानकारी दिएको छ।
नेपाली कम्युनिस्ट पार्टीले भने सामाजिक सञ्जालमा स्टाटस लेखेकै भरमा पक्राउ गर्नु गलत भएको भन्दै रिहा गर्न माग गरेको छ।
कात्तिक १७, २०८३ मंगलबार १५:३२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।