आज सुनको मूल्य बढ्दा चाँदी घट्यो
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको बढेको छ भने चाँदी घटेको छ।
यसदिन सुनको मूल्य तोलामा सात सय रूपैयाँ बढेर दुई लाख ७५ हजार रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य भने प्रतितोला ४५ रूपैयाँ घटेको छ।
सोमबार प्रतितोला तीन हजार सात सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।
कात्तिक १७, २०८३ मंगलबार ११:३५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।