मुक्तिनाथ विकास बैंकमा ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली लागू हुने, इन्फोडेभलपर्ससँग सम्झौता
काठमाडौं : मुक्तिनाथ विकास बैंक र सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सबीच 'पुमोरी नेक्स्टजेन' कोर बैंकिङ प्रणाली कार्यान्वयन गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि तथा प्रविधिगत पूर्वाधारलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त सम्झौता गरिएको हो।
समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत (सीओओ) प्रेम थापा तथा इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रजय नेपालको उपस्थितिमा हस्ताक्षर भएको छ।
इन्फोडेभलपर्सद्वारा विकसित 'पुमोरी नेक्स्टजेन' आधुनिक, वेबमा आधारित र पूर्ण रूपमा एपीआई-इन्टिग्रेटेड कोर बैंकिङ प्लेटफर्म हो। यसले डिजिटल बैंकिङ च्यानल, तेस्रो-पक्षीय एप्लिकेसन, भुक्तानी गेटवे तथा अन्य इन्टरप्राइज प्रणालीहरूसँग सहज अन्तर-आबद्धता सम्भव बनाउँछ।
कात्तिक १५, २०८३ आइतबार ०७:३५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।