बङ्गालको खाडीमा विकसित हुँदै नयाँ चक्रवात

बङ्गालको खाडीमा विकसित हुँदै नयाँ चक्रवात

काठमाडौं : नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित फेरि नयाँ चक्रवात विकास भइरहेको जनाएको छ।

तर, अहिलेसम्मको मौसमी विश्लेषण अनुसार त्यसले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना देखिएको छैन।

बङ्गालको खाडीमा बनेको उक्त मौसमी प्रणालीको गति, दिशा र प्रभावलाई महाशाखाले निरन्तर निगरानी गरिरहेको छ। मौसमी प्रणालीमा आउने फेरबदल र आवश्यकताका आधारमा थप अद्यावधिक सूचनाहरू जारी गरिने महाशाखाले जनाएको छ।

मौसममा आउन सक्ने सम्भावित उतारचढावलाई मध्यनजर गर्दै विभागबाट जारी हुने पछिल्ला मौसमी सूचना तथा पूर्वानुमानहरू नियमित रूपमा हेर्न आग्रह गरिएको छ। 

कात्तिक १५, २०८३ आइतबार १०:४४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।