सिरहामा नक्कली नोटसहित दुई जना पक्राउ

सिरहामा नक्कली नोटसहित दुई जना पक्राउ

सिरहा : प्रहरीले नक्कली नेपाली नोट जस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ११ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा नक्कली नोट बोकी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।   

शंका लागेर चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा कल्याणपुर नगरपालिका-८ बस्ने अन्दाजी ३५ वर्षका मोहम्मद मुस्तुफा हुसेन र अन्दाजी ३२ वर्षका समिर मियाको साथबाट उक्त रकम बरामद भएको हो।

उनीहरूको साथबाट ५०० दरका ३ थान र एक हजार दरका २४ थान गरी जम्मा २५ हजार ५००  बराबरको नक्कली नोट जस्तो देखिने रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

बरामद गरिएको रकमसहित नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।   

कात्तिक १४, २०८३ शनिबार १५:४९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।