चक्रवाती आँधी ‘अर्नब’ का कारण श्रीलङ्कामा भारी वर्षा, देशभरका विद्यालय बन्द
एजेन्सी : बङ्गालको खाडीमा विकसित चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको मौसमको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी तथा विद्यालयका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्नका लागि विद्यालय बन्द गरिएको जनाएको छ। यद्यपि, सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षा अन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्वनिर्धारित तालिका अनुसार नै सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ।
आँधीको अप्रत्यक्ष प्रभावका कारण पछिल्ला दिनमा श्रीलङ्काका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि देशका धेरै क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ।
कात्तिक १०, २०८३ मंगलबार १४:३१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।